नेपाल रफ्तार skip
  • देश समाज
    • समाचार
    • स्थानिय
    • राजनीति
    • धर्म/संस्कृती
    • आजको पत्रपत्रिकाबाट
    • मौसम
  • सुरक्षा/अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्वास्थ्य
    • यौन
  • मनोरञ्जन
  • अर्थ
    • कृषि
    • पर्यटन
    • अटो/कर्पोरेट
    • बैंक/सहकारी
  • विचार
  • विश्व/प्रवास
  • शिक्षा
  • थप
    • ENGLISH
    • रोचक
    • फोटो फिचर
    • राशिफल/ बास्तु
    • Nepal Raftar Tv
×
सोमबार, माघ १६, २०७९
सोमबार, माघ १६, २०७९
    • देश समाज
      • समाचार
      • स्थानिय
      • राजनीति
      • धर्म/संस्कृती
      • आजको पत्रपत्रिकाबाट
      • मौसम
    • सुरक्षा/अपराध
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • अन्तर्वार्ता
    • स्वास्थ्य
      • यौन
    • मनोरञ्जन
    • अर्थ
      • कृषि
      • पर्यटन
      • अटो/कर्पोरेट
      • बैंक/सहकारी
    • विचार
    • विश्व/प्रवास
    • शिक्षा
    • थप
      • ENGLISH
      • रोचक
      • फोटो फिचर
      • राशिफल/ बास्तु
      • Nepal Raftar Tv
    ☰

किसानको रोजाइँमा व्यावसायिक सतुवा खेती

शनिबार, माघ ०७, २०७९ | January 21,2023




भोजपुर : राम्रो आम्दानी हुने भएपछि भोजपुरका सतुवा खेती किसानको रोजाइँमा परेको छ । बहुउपयोगी मानिएको जडीबुटी सतुवाको खेतीमा भोजपुरका किसानको आर्कषण बढेको हो । अन्य बालीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने भएपछि लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । सेपिलो क्षेत्रमा बढी फस्टाउने सतुवा खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो आवश्यक पर्ने किसानहरु बताउनछन् ।

Advertisement

टेम्केमैयुङ गाउँपालिकाको–१ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौँछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं–१० बोयाको माथिल्लो भेगका साथै आमचोक गाउँपालिका–४ र साल्पासिलिछो गाउँपालिका–४ खाटम्मा तीन सयबढी किसानले सतुवाको व्यावसायिक खेती गर्दै आएका छन् । एक हजार चार सय मिटर उचाइ भन्दा माथि पाइने यो जडीबुटी धेरै रोगको लागि लाभदायक मानिन्छ । सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीहरु बताउछन् ।

Advertisement

क्यान्सर, ग्याष्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि यसको सेवन उपयोगी हुने गरेको छ । त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेको अवस्थामा पनि यसको प्रयोग गर्न सकिने किसानहरुको भनाइ छ । केही वर्षअघिसम्म प्रतिकिलो १८ देखि २२ हजारमा बिक्री हुने गरेकामा अहिले यसको मूल्यमा केही गिरावट आएर प्रतिकेजी आठदेखि दश हजारसम्म बिक्री हुने गरेको किसानहरु बताउछन् ।

अहिलेको मौसम सतुवा टुसाउनका लागि उपयुक्त मानिन्छ । भदौ, असोजमा फूलेपछि यसको डाँठ मर्ने गर्दछ । जमिनमा रहेको गानो भने माघ, फागुनमा पुनः पलाउने गर्दछ । यसको गानो खनेर सुकाएपछि बिक्री गरिन्छ । एउटा बिरुवा रोपेको दुईदेखि तीन वर्षमा यो फूल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ । जमिनमुनिको गानो अदुवा जस्तै देखिन्छ । प्रायः एउटा बोटबाट एउटा मात्र डाँठ निस्कने भएपनि फस्टाएको बोटले धेरै ठाड दिने गर्दछ ।

अघिल्ला वर्षको तुलनामा मूल्यमा गिरावट आएपनि किसानले अहिलेपनि खेती गरिरहेको भन्दै यो किसानहरुका लागि नगदी आम्दानीको स्रोत बनेको टेम्केमैयुङ गाउँपालिका किसान एकराज विष्टले बताउनुभयो । “हाम्रो क्षेत्रमा सतुवाको व्यावसायिक खेती भइरहेको छ”, उहाँले भन्नुभयो, “अन्य बालीको तुलनामा आम्दानी राम्रो छ, आफूले खानपनि सतुवालाई लाभदायक मानिन्छ ।”

सतुवासँगै विष्टले व्यावसायिक रुपमा किबी खेतीसमेत गरिरहनुभएको छ । “व्यावसायिक रुपमा काम गर्न सके विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी लिन सकिन्छ” विष्टले भन्नुभयो । करिब १२ रोपनी क्षेत्रमा किबी खेती समेत गर्नुभएका विष्टको सतुवा खेतीबाट मात्रै वार्षिक रु चारदेखि पाँचलाखसम्म आम्दानी हुने गरेको छ । किबीले भने यस वर्षबाट मात्रै फलदिने उहाँको भनाइ छ । सतुवाको बिरुवा प्रतिगोटा २० देखि एक सय ५० रुपैयाँसम्म, सतुवाको बीउ प्रतिकजी रु एक लाख र गानो प्रतिकेजी दश हजारदेखि रु बाह्र हजारमा बिक्री हुने गरेको किसान मानबहादुर राईले जानकारी दिनुभयो । सतुवाको बीउ तथा बिरुवाको सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङलगायतका क्षेत्रमा पनि माग भएको उहाँले बताउनुभयो ।

षडानन्द नगरपालिका–१३ भिरथाप्लाका स्थानीय किसान पेमदोर्जी शेर्पाले पनि सतुवाको व्यावसायिक रुपमा नै खेती गर्दै आएको बताउनुभयो । “सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ” शेर्पाले भन्नुभयो, “यसको बजार मूल्य अन्य जडीबुटीको तुलनामा राम्रो छ । बिरुवा तथा गानाको मूल्य धेरै राम्रो छ । त्यही भएर पनि पछिल्लो समय सतुवा खेतीमा किसानको आर्कषण बढेको छ ।” यहाँ चिराइतो, सतुवा, सेतक चिनी, सेती गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बलगायत जडीबुटी पाइन्छ । ती जडीबुटी विशेष गरी भारत र चीनमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् ।

  • किसानको रोजाइँ
  • बहुउपयोगी
  • सतुवा खेती



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शहिदको सम्झनामा वाईसियल भरतपुरद्वारा दीप प्रज्वलन (फोटो फिचर )
शहिद दिवसको अवसरमा वाईसीएल चितवनद्वारा विद्यार्थीलाई न्यानो कपडा (फोटो फिचर)
सरकार छाडेर प्रतिपक्षमा बस्न रविलाई हर्कको सुझाव
Advertisement
Advertisement
Advertisement
Advertisement
  • ताजा अपडेट
  • लोकप्रिय
शहिदको सम्झनामा वाईसियल भरतपुरद्वारा दीप प्रज्वलन (फोटो

शहिद दिवसको अवसरमा वाईसीएल चितवनद्वारा विद्यार्थीलाई न्यानो

सरकार छाडेर प्रतिपक्षमा बस्न रविलाई हर्कको सुझाव

विदेशको जागिर छाडेर स्वदेशमै भैँसीपालन

प्रधानमन्त्रीले ल्याए तोकिएकै समयमा क्याबिनेटमा उपस्थित हुनुपर्ने

थुनामा रहेको मान्छे छुटाउँछु भन्दै ठगी गर्ने

घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी

EC publishes schedule for President, Vice-President election

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

नेपालगञ्जमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा

पोल्ट्री व्यवसायी भन्छन् : सरकार हामीलाई संरक्षण

चित्रवन सन्देशका सम्पादक गैरेलाई अन्तर्राष्ट्रिय सोसल अवार्ड

यस्तो छ विदेशी मुद्राको विनिमय दर

बानेश्वरमा आत्मदाहको प्रयास गर्ने प्रेमप्रसादको निधन

अयोध्या लगियो देव शिलाः यसरी बन्यो शिला

Oranges stored in cooling center rot in

चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थी र प्रहरीबीच

जापानी मेयरलाई चिन्डो उपहार !

संसदमा बोल्न दिइएको समयबारे सिके राउतको आपत्ति

चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक

हाम्रो बारेमा

नेपाल रफ्तार मिडिया नेटवर्क/NEPAL RAFTAR MEDAI NETWORK

सूचना विभाग दर्ता नं:
३५८९-२०७९/८०

उद्योग दर्ता नं
१५८३-०७९/०८०

सम्पर्क

Head Office
Kathmandu, Nepal
Corporate Office
Jitpur, Bara
Branch Office
Bharatpur-10, Chitwan
Lakside Pokhara, Nepal,
Email
nepalraftar@gmail.com

द्रुत लिंक

  • Advertisement
  • About Us
  • Unicode
  • Our Tem
  • Privacy Policy

सामाजिक संजाल

Facebook

Twitter

YouTube

Copyright ©2023 नेपाल रफ्तार | All Rights Reserved.