काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत आज दुई वटा नेपाली चलचित्र रिलिज हुँदैछन् । रामबाबु गुरुङको निर्देशन ‘डिग्री माइला’ र फिडेल देवकोटाको निर्देशनमा तयार ‘दर रेड सुटकेस’ रिलिज हुने भएका हुन् ।
Advertisement
‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन् । विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।‘द रेड सुटकेस’मा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा मुख्य भूमिकामा रहेका छन् ।